आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

सरल नेपाल नवलपुरले सबै पालिकाका वडामा समिति विस्तार गर्ने निर्णय


  • समाचार कुञ्ज
  • २०८२ कार्तिक २, आईतबार मा प्रकाशित ४ महिना अघि
  • ११ पाठक संख्या
  • तिर्थराज काफ्ले कावासाेती नवलपुर ।
    सरल नेपाल नवलपुर जिल्लाको आज सम्पन्न बैठकले संगठन विस्तारको महत्वपूर्ण निर्णय गरेको छ। जिल्ला अध्यक्ष समिर लामिछानेको अध्यक्षतामा सम्पन्न उक्त बैठकले नवलपुर जिल्लाभित्र रहेका सबै पालिकाका वडास्तरमा समिति विस्तार गर्ने निर्णय गरेको हो।

    बैठकले संगठनलाई वडास्तरसम्म सुदृढ र सक्रिय बनाउन वडास्तरीय समिति गठनलाई प्राथमिकता दिने निर्णय गरेको छ। आगामी दिनहरूमा क्रियाशील सदस्यहरूको सहभागितामा चरणबद्ध रूपमा समिति विस्तार गर्ने योजना बनाइएको बैठकले जनाएको छ।

    बैठकमा अध्यक्ष लामिछानेले संगठनको लक्ष्य, उद्देश्य र आगामी कार्ययोजनाबारे जानकारी गराउँदै सबै तहका सदस्यहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो। उहाँका अनुसार, सरल नेपाल अब नवलपुरका प्रत्येक वडामा जनसरोकारका विषयमा सक्रिय रूपमा काम गर्नेछ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट