आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

ब्लड डोनर्स सोसाइटी गैंडाकोट नगर समिती गठन 


  • समाचार कुञ्ज
  • २०८२ कार्तिक १५, शनिबार मा प्रकाशित ४ महिना अघि
  • ९ पाठक संख्या
  • ब्लड डोनर्स सोसाइटी गैंडाकोट नगर समिती गठन 
    ब्लड डोनर्स सोसाइटी गैंडाकोट नगर तदर्थ समिती गठन गरिएको छ।ब्लड डोनर्स सोसाइटी नवलपुरको आयोजनामा आज गैंडाकोट नगरपालिका वडा न ८ मा रहेको ज्ञानकुन्ज इङलिस स्कुलको सभाहलमा सम्पन्न कार्यक्रमले रक्तदाता सुबास आचार्यको संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो।ब्लड डोनर्स सोसाइटी नवलपुरको अध्यक्ष भोजराज भुर्तेल किरणको अध्यक्षमा सम्पन्न कार्यक्रममा सोसाइटीका संस्थापक केन्द्रिय अध्यक्ष अर्जुन अधिकारी प्रमुख अतिथि रहेका थिए।सर्वसहमत चयन गरिएको तदर्थ समितिको सदस्यमा चन्द्रमणी पौडेल,हेमा अर्याल काफ्ले,रिति श्रेष्ठ ,शंकर आचार्य ,हिरालाल अर्याल युवराज गुरुङ्ग ,सुजन अधिकारी चयन भएका छन।जिल्ला सदस्य पवन भुर्तेलले संचालन गरेको नगर समिती गठन कार्यक्रममा ब्लड डोनर्स सोसाइटीका केन्द्रिय उपाध्यक्ष हरि न्यौपाने ,केन्द्रिय कानुनी सल्लाहकार,रेडक्रसकर्मी लगायतको उपस्थिति रहेको थियो।तदर्थ समितिले एक महिना भित्र पुर्ण समिति गठन गरि पद हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट