आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

सिद्धार्थ राजमार्गमा बिहानैदेखि ट्राफिक जाम!


  • समाचार कुञ्ज
  • २०८२ कार्तिक १९, बुधबार मा प्रकाशित ३ महिना अघि
  • ९ पाठक संख्या
  • पाल्पा – तिनाउ गाउँपालिका-४, काे सत्यवतीमा लागेकाे चिच्याएर वर माग्ने मेलाका कारण सिद्भार्थ राजमार्गमा ट्राफिक जाम देखिएकाे छ । तीन दिनअघिदेखि सत्यवतीमा लागेकाे मेलामा गएरातिदेखि भक्तजनकाे अत्यधिक भिड लागेकाे थियाे । वर माग्न सत्यवती मन्दिरमा पुगेका भक्तजनका कारण सिद्धार्थ राजमार्गमा आज बिहानैदेखि ट्राफिक जाम लागेकाे छ । सडक जामले सत्यवती, बुटवल, गुल्मी, अर्घाखाँची, पाेखरालगायतका स्थानमा हिँड्ने  यात्रु तीन/चार घण्टासम्म जाममा बस्न बाध्य भएका छन् । सडकमा सवारीसाधन व्यवस्थापनमा कसैलेभूमिका नखेलेकाे भन्दै यात्रुहरू आक्राेशित बनेका थिए । सडकमा ट्राफिक प्रहरी, जनपथप्रहरी तथा स्थानीय आयाेजककाे उपस्थिति अत्यन्त न्युन रहेकाे थियाे । सडक व्यवस्थापन नहुँदा सिद्धार्थ राजमार्गकाे सिद्भबाबादेखि चाैबिसमाइलसम्म र झुम्सादेखि सत्यवती मन्दिर जाने बाटाेसमेत अस्तव्यस्त बनेकाे थियाे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट