आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

ऋषिङमा जातीय छुवाछुत विरुद्ध सचेतना कार्यक्रम


  • समाचार कुञ्ज
  • २०८२ कार्तिक १९, बुधबार मा प्रकाशित ३ महिना अघि
  • ९ पाठक संख्या
  • दमौली १९,कार्तिक । 
    ऋषिङ गाउँपालिकामा जातीय छुवाछुत विरुद्ध सचेतना कार्यक्रम आयोजना गरिएको छ ।
    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोगमा सचेतना कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा राष्ट्रिय दलित आयोगका सदस्य तथा प्रवक्ता सुन्दर पुर्कुटीले जातीय विभेद अन्त्यका लागि स्थानीय सरकारले समेत विभिन्न सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । त्यस्तै दलित समुदाय माथि हेर्ने दृष्टिकोण सकारात्मक नबनेसम्म जातीय विभेद अन्त्य नहुने पुर्कुटीको भनाई रहेको थियो ।
    कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले दलित समुदाय माथि हुने जातीय विभेद अन्त्यका लागि गाउँपालिकाको तर्फबाट निर्वाह गर्नुपर्ने भूमिका प्रति प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि , दलित समुदायका प्रतिनिधि लगायतका सहभागिता रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट