
समाचार कुञ्ज तिर्थराज काफ्ले कावासाेती नवलपुत
मुग्लिन–नारायणगढ सडक खण्डको जलविरे नजिक आज साँझ करिब ५:४५ बजे सुख्खा पहिरो खसेपछि सवारी आवागमन एकतर्फी भएको छ। पहिरो खसेपछि केही समय सडक अवरुद्ध भए पनि मेशिन घटनास्थलमा पुगेर पहिरो पन्छाउने कार्य सुचारू गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ।
दुवैतर्फको सवारी सञ्चालन पूर्ण रूपमा सुचारू हुन करिब एक देखि डेढ घण्टा लाग्ने अनुमान गरिएको छ। यस क्षेत्रमा पहिरोको उच्च जोखिम कायम रहेकाले सवारी चालक र यात्रुहरूलाई लेन अनुशासनमा रही सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरिएको छ।
सडक डिभिजन भरतपुरका अनुसार पहिरो पन्छाउने कार्यको निगरानी सडक सुपरभाइजर ईश्वर क्षेत्रीले गरिरहनु भएको छ।

प्रतिक्रिया दिनुहोस