
समाचार कुञ्ज ३,मंसिर समर रानाभाट
घिरिङ गाउँपालिका वड न. ४ फुला स्थित रहेको आत्मीक जागृती मण्डलीले घिरिङ -४ स्थित कृष्ण गंगा आधारभूत विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका विद्यर्थीहरूलाई विद्यालय पोशाक सहयोग गरेको छ ।
विद्यालयका लागि आत्मीक जागृती मण्डलीले विद्यालयका ४५ जना विद्यार्थीलाई पोशाक उपलब्ध गराएका हुन ।

पोशाक हस्तान्तरण कार्यक्रममा, आत्मीक जागृती मण्डलीकी पास्टर प्रेम माया नेपाली , घिरिङ गाउँपालिका वडा न.-४ वडा सदस्य मन बहादुर रानाभाट , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंकलाल रानाभाट , शिक्षक अभिभावक संघका अध्यक्ष मदन रानाभाट , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्व अध्यक्ष मोहन रानाभाट,प्रधानाध्यापक बाबुराम रानाभाट , सदस्य पुर्ण माया नेपाली , चन्द्र सि विक , जस बहादुर राना , मिन बहादुर नेपाली , काली माया नेपाली ,कलपना विक लगायतको उपस्थिति थियो ।

कार्यक्रममा सहयोगी समुहकी पाष्टर प्रेम माया नेपालीले यस विद्यालयलाई तिन वर्षा देखि योजना बनाएको र आज पुरा भएको समेत बताइ ।आगामी दिनमा पनि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन ।विद्यालयका शिक्षक श्रीकान्त गिरीले विद्यार्थीलाई पोशाक उपलध गराउनका लागि सहयोग दाता एवम् विद्यालयको तर्फ धन्यवाद व्यक्त गरेका थिए भने कार्यक्रम संचालन शिक्षक शिव न्यापानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस