आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

कावासोती ३ मा वडा स्तरीय ‘ ज्येष्ठ नागरिक  समिति ’  गठन 


  • समाचार कुञ्ज
  • २०८२ मंसिर ३, बुधबार मा प्रकाशित ३ महिना अघि
  • १० पाठक संख्या
  • ज्ञानु पंगेनी , मंसिर , ३

    कावासोती नगरपालिका वडा नं. ३ मा वडा स्तरीय ‘ ज्येष्ठ नागरिक  समिति ’  गठन भएको छ ।आज वडा कार्यालयमा भएको भेलाबाट  वेद राज पोख्रेलको अध्यक्षतामा  ७ सदस्यीय  वडा स्तरीय  ‘ ज्येष्ठ नागरिक  समिति ’  गठन गरिएको हो । जसको उपाध्यक्षमा  भवानी देवकोटा , सचिवमा  लिलावल्लभ पाण्डे , कोषाध्यक्षमा  रामचन्द्र पराजुली चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा धन बहादुर बिक , सुमित्रा अधिकारी र छमाया डोटेल चयन हुनुभएको छ । 
    ज्येष्ठ नागरिक सोती नगर अध्यक्ष रमेश पौडेलको अध्यक्षता तथा ज्येष्ठ नागरिक  जिल्ला समितिका अध्यक्ष श्यामसुन्दर भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा वडा नं. तीनका अध्यक्ष  डोरमान गिरी , वडा सदस्यहरु ऋषि बस्ताकोटी , रण बहादुर थापा ,   बसन्ति कुँवर केसी , तथा वडा सचिव रेनुका चालिसेको आतिथ्यता रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट