आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

मध्यबिन्दुमा बस दुर्घटना : २० जना घाइते


  • समाचार कुञ्ज
  • २०८२ मंसिर ५, शुक्रबार मा प्रकाशित ३ महिना अघि
  • १० पाठक संख्या
  • तिर्थराज काफ्ले , नवलपुर — आज बिहान मध्यबिन्दु नगरपालिका–८ खजुरी खोला नजिक पूर्व–पश्चिम राजमार्गमा भएको बस दुर्घटनामा २० जना घाइते भएका छन्।

    बिहान करिब ९:४० बजे नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २८४५ नम्बरको यात्रुबाहक बस चालकले नियन्त्रण गुमाएपछि करिब १०–१५ मिटर सडकछेउको खाल्डोमा खसी पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    दुर्घटनाग्रस्त बसमा करिब ३०–३५ जना यात्रु सवार रहेकोमा कम्तीमा २० जना घाइते भएका छन्। घाइतेहरूको उपचारका लागि उनीहरूलाई तत्काल मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डामा लगिएको प्रहरीले जानकारी दिएको छ।

    दुर्घटनाका कारण प्रारम्भिक रूपमा चालकको लापरवाही भएको अनुमान गरिए पनि विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट