
समाचार कुञ्ज मंसिर ०६
तिहारमा देउसी भैला खेलेर उठाएको रकमबाट अपाङ्ग सेवा संस्थालाई सहयोग हस्तान्तरण गरिएको छ । रानाभाट समाज नेपाल कावासोती नगर कमिटि नवलपुरले तिहारमा देउसी भैलो खेलेर जम्मा भएको उठेको केहि रकम अपाङ्ग सेवा संस्थालाई सहयोग प्रदान गरेको हो ।
मानवीय धर्म नै सबैभन्दा ठुलो धर्म भएको भन्दै नवलपुरको कावासोती नगरपालिका ८ मा रहेको श्री मौलाकालीका अपाङ्ग सेवा संस्थाका बालबावालिकाहरुलाई सहयोग प्रदान गरेको हो । संस्थालाई करीब १२ हजार बढीको न्यानो कपडा उपलब्ध गराइएको समूहले जनाएको छ । यो पटक देउसी भैलो बाट संकलन भएको केहि रकमबाट कपडा हस्तान्तरण गर्दै समुहका सदस्यले देउसी भैलो खेलेर सानो–सानो सहयोग दानबाट जम्मा भएको रकम बाट सहयोग गर्नु आफैमा ठुलो काम भएको बताए ।
राहत सहयोग हस्तान्तरण कार्यक्रममा समुहका रानाभाट जिल्ला कार्यसमिति उपाध्यक्ष समर रानाभाट , जिल्ला लेखा सदस्य शुशिला रानाभाट , कावासोती नगर कमिटिकी अध्यक्ष बसना रानाभाट , कोषध्यक्ष पार्वति रानाभाट , सदस्य अनिता रानाभाट, मनिसा रानाभाट , युवा परिचालक सदस्य नारायण रानाभाट लगायतले मानवीय सहयोग नै सबैभन्दा ठुलो सहयोग भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस