आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

कावासोतीमा ट्राफिकद्वारा तिव्र गति नियन्त्रण अभियान तीव्र


  • समाचार कुञ्ज
  • २०८२ मंसिर ८, सोमबार मा प्रकाशित ३ महिना अघि
  • ८ पाठक संख्या
  • तिर्थराज काफ्ले नवलपरासी (पूर्व) — पूर्व–पश्चिम राजमार्गको कावासोती क्षेत्रमा ट्राफिक प्रहरीले सवारी साधनहरूको गति मापन (Speed Check) गर्दै तिव्र गति नियन्त्रण अभियानलाई थप कडाइका साथ सञ्चालन गरेको छ।

    हालसालै सडक दुर्घटना बढ्न थालेपछि ट्राफिक प्रहरी सतर्क बनेको छ। सचेतना कार्यक्रमसँगै कडाइ अपनाउँदै, निर्धारित गतिभन्दा बढी गतिमा चलेका सवारी साधनलाई मौकामा नै कारवाही र जरिवाना गरिने गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

    ट्राफिक कार्यालयका अनुसार अनियमित गति सडक दुर्घटनाको प्रमुख कारणमध्ये एक भएकाले स्पीड–गन प्रयोग गरेर निरन्तर अनुगमन भइरहेको छ। चालकलाई "गति नियन्त्रण" तथा "सावधानीपूर्वक यात्रा" गर्न आग्रह गर्दै प्रहरीले सडक सुरक्षा सबैको साझा जिम्मेवारी भएको बताएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट