
समाचार कुञ्ज कावासोती मंसिर, १३
नेकपा (एमाले) ले आफ्नो एघारौं महाधिवेशनका लागि आज देशैभरी प्रतिनिधि छनौट गर्दैछ ।
जस अन्तरगत आज नवलपुरको दुई निर्वाचन क्षेत्रमा निर्वाचन भएको छ । क्ष्नेत्र नम्बर एकको दलदलेमा र क्षेत्र नम्बर दुईको चोरमारामा निर्वाचन भएको हो । बिहान आठ बजेदेखि दिउसो तीन बजेसम्म निर्वाचन समय रहेको थियो । नेकपा एमालेको केन्द्रिय महाधिवेशन प्रतिनिधि छनौटका लागि नवलपुर क्षेत्र नम्बर १ भएको मतदानमा १ हजार ८४५ मत खसेको छ । यहाँ ३ हजार ७ सय ५० मतदाता रहेका थिए । यस्तै नवलपुर क्षेत्र नम्बर २ को मतदानमा १ हजार ३०८ मत खसेको निर्वाचन समितिले जनाएको छ । यहा ३ हजार ३ सय ४२ मतदाता रहेका थिए । मतगणना केही समयपछि सुरु हुने जनाइएको छ ।
एमाले केन्द्रीय कार्यालयका अनुसार ११ गते सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि निर्वाचनका लागि उम्मेद्वारी मनोनयन भएको थियो । केही निर्वाचन क्षेत्रमा भने सहमती जुटेपछि सर्वसम्मच चयन कार्य भएको छ । सहमती नजुटेका क्षेत्रहरुमा आज निर्वाचन भएको छ ।

प्रतिक्रिया दिनुहोस