
समाचार कुञ्ज मंसिर २१ , समर रानाभाट
घिरिङ गाउँपालिकाको आयोजनामा वडा नम्बर -३ नेवापानीमा एक दिने टोल टोलमा नसर्ने रोग पहिचान तथा खोजपइताल कार्यक्रम आइतवारबाट सुरू भएको छ । उक्त कार्यक्रममा घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले घिरिङमा स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम संचालन गर्दै आएको बताए । पहिला यस किसिमको स्वास्थ्य सेवा लिन टाढा टाढा जानु पर्ने बाध्येता रहेको थियो ।
अहिले घर दैलोमै सेवा प्रदान गरिएको छ । यस किसिमको कार्यक्रम गाउँपालिकाका सबै वडामा विस्तार गर्दै लगिने अध्यक्ष थापाले बताए । स्वास्थ्य सस्था सम्म आउन सबै सेवा ग्राहीलाई असहज भएको हुनेले टोल टोलमा गएर रक्तचाप परिक्षण, सुगर परिक्षण ,मृगौला सम्बन्धीको रोग परिक्षण सेवा प्रदान गरिएको अध्यक्ष थापाले बताए । आजबाट सुरू भएको कार्यक्रम सबै टोल टोलमा नपुग्दा सम्म निरन्तर संचालन हुने भएकाले वडा नं ३ का नागरिकहरूलाई सेवा लिन आग्रह समेत गरे ।
वडा नम्बर ३ का वडा सदस्य लोक बहादुर गुरूङ अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा स्वास्थ्यकर्मी सेवा पदायक अ.स्वा.नि. प्रितम थापा, ल्याव टे. प्रकाश श्रेष्ठ , अ.हे.व. गोपाल वि.क. ,अ.न.मी.निशा कुमारी ,लगायतले स्वास्थ्य परिक्षण गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य घिरिङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले र सन्चालन घिरिङ स्वास्थ्य चौकी प्रमुख प्रितम थापाले गरेका थिए ।
सो शिविरमा २६ पुरुष र ३५ महिला सहित ६१ जनाले सेवा लिएका थिए । परिक्षण गरेका मध्ये २ जनालाई थप परिक्षणकोलागि रेफर गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद रिमालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस