
समाचार कुञ्ज बौदीकाली गाउँपालिकाको आयोजनामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सञ्चालन भएको ' लैंगिक हिंसा अन्त्यका लागि विद्यार्थीको भूमिका ' विषयक अनलाइन वक्तृत्वकला प्रतियोगितामा श्री नगरडाँडा माध्यमिक विद्यालयका बाबिन राना प्रथम, श्री डेढगाउँ माध्यमिक विद्यालयको स्मृति बुढाप्रिथी द्वितीय, श्री डेढगाउँ माध्यमिक विद्यालयको भेष माया वि क तृतीय र श्री धर्मात्मा माध्यमिक विद्यालयको यशोधा कँडेलले सान्तोना स्थान हासिल गरेका छन्।
अन्तिम नतिजा ७० प्रतिशत विषय वस्तु र ३० प्रतिशत लाइक, शेयर र कमेन्टको आधारमा प्रकाशन गरिएको थियो। विजेता विद्यार्थीहरुलाई आज २०८२ मंसिर २४ गतेका दिन गाउँपालिकाको सभाहलमा एक कार्यक्रम विच पुरस्कार वितरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस