
समाचार कुञ्ज निराज रानाभाट, तनहुँ । रानाभाट / भाट समाज नेपाल ऋषिङ्ग गाउँपालिका कार्य समितिको ७ औं पालिका अधिवेशन सम्पन्न भएको छ । ७ औं पालिका अधिवेशनको सभापतिमा कमल रानाभाट, प्रमुख अतिथि जिल्ला उपाध्यक्ष भक्त बहादुर रानाभाट, विशिष्ट अतिथि जिल्ला कोषाध्यक्ष विनोद रानाभाट तथा अतिथिहरु हुमादेवी रानाभाट, नारायण रानाभाट, शेर बहादुर रानाभाट, गणेश रानाभाट, मन बहादुर रानाभाट, चिन देवी रानभाटलगायतको उपस्थिति रहेको थियो ।
‘ हाम्रो प्रतिवद्धता सामाजिक सद्भाव एवं रानाभाट / भाट बन्धुहरुबीच एकता ’ भन्ने मूल नारासहित स्थापना भएको रानाभाट / भाट समाज ऋषिङ्ग गाउँपालिका कार्य समितिको अध्यक्षमा बल बहादुर रानाभाट सर्वसम्मत चयन भएका छन् ।शनिबार तनहुँमा सम्पन्न समाजको ७ औं पालिका अधिवेशनले बल बहादुर रानाभाटको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको हो । समाजको कार्य समिति उपाध्यक्षमा इन्दजीत रानाभाट, महिला उपाध्यक्षमा हुमादेवी रानाभाट र उपाध्यक्षमै नारायण रानाभाट चयन भएका छन् । 
त्यस्तै, समाजको कार्य समिति कोषाध्यक्षमा विष्णु रानाभाट, सचिवमा अनिल रानाभाट र सह – सचिवमा पशुपति रानाभाट चयन भएका छन् । यसैगरी, समाजको कार्य समितिका सदस्यहरुमा विर बहादुर रानाभाट, अमृता रानाभाट, विष्णु माया रानाभाट र धर्मलाल रानाभाट रहेका छन् । रानाभाट / भाट समाज नेपालको स्थापना वि.स. २०४९ सालमा भएको हो ।

प्रतिक्रिया दिनुहोस