
समाचार कुञ्ज अघिल्लो दिनदेखि नै निरन्तर बढ्दै आएको सुनको भाउले फेरि नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ५ सय रुपैयाँले वृद्धि भई २ लाख ६७ हजार २ सय रुपैयाँ पुगेको छ। यसअघि अघिल्लो दिन सुनको भाउ तोलाको २ लाख ६१ हजार ७ सय रुपैयाँ कायम थियो।
सुनसँगै चाँदीको मूल्य पनि केही दिनदेखि उच्च बिन्दुमा कारोबार भइरहेको छ। आज चाँदीको भाउ प्रतितोला २० रुपैयाँले बढेर ४ हजार २५५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस ६९ अमेरिकी डलर नाघेको छ।
अन्तर्राष्ट्रिय बजारमै सुन र चाँदी दुवैको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ। मंगलबार नेपाली समय बिहान १० बजेर ५० मिनेट जाँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ४८५ अमेरिकी डलर पुगेको छ। एक प्रतिऔंस सुन बराबर २ दशमलव ४३ तोला हुन्छ।

प्रतिक्रिया दिनुहोस