
समाचार कुञ्ज निराज रानाभाट, काठमाडौं । रानाभाट / भाट समाज नेपाल वाग्मती प्रदेश कार्य समितिको ‘ छैठौं अधिवेशन कार्यक्रम -२०८२ ’ हुने भएको छ । उक्त अधिवेशन पुस २६ गते, शनिबार, बिहान १०:३० बजे, राजधानी काठमाडौंको बालाजुस्थित गोरखा प्यालेस इभेन्ट एण्ड म्यानेजमेन्टमा हुने छ ।
रानाभाट / भाट समाज नेपाल वाग्मती प्रदेश कार्य समितिले समस्त रानाभाट / भाट बन्धुहरुमा उक्त अधिवेशन कार्यक्रमलाई भव्य तथा सभ्य र अनुशाशित रूपमा सम्पन्न गर्न – गराउन सक्रिय भूमिका खेल्न आग्रह गरेको छ ।
‘ हाम्रो प्रतिबद्धता, सामाजिक सद्भाव एवम् भाटबन्धुहरुबीच एकता ’ भन्ने नारा सहित रानाभाट / भाट समाज नेपालको स्थापना वि.स. २०४९ सालमा भएको हो ।

प्रतिक्रिया दिनुहोस