
समाचार कुञ्ज पुष :१९ श्री डेढगाउँ माध्यमिक विद्यालय, बौदीकाली–२, डेढगाउँ मा FoC Nepal को सहयोगमा सञ्चालन हुँदै आएको वार्षिक छात्रवृत्ति वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भयो।
बोर्ड परीक्षा तयारी गरिरहेका तथा अध्ययनमा निरन्तर मेहनत गरिरहेका विद्यार्थीहरूलाई थप प्रोत्साहन र हौसला प्रदान गर्ने उद्देश्यले विद्यालयबाट छनौट भई आएका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको हो।
छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी संख्या तथा रकम
१. कक्षा ८ का ३० जना (प्रति विद्यार्थी रु. २०००)
२. कक्षा १० का १४ जना (प्रति विद्यार्थी रु. ४०००)
३. कक्षा ११–१२ का १२ जना (प्रति विद्यार्थी रु. ६०००)
कार्यक्रममा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरू, अभिभावकहरू,
बौदीकाली गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक श्री श्याम सुन्दर श्रेष्ठ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री वाल प्रसाद ठाडा,
प्रधानाध्यापक एवं FoC Nepal का संस्थापक अध्यक्ष श्री गंगा विश्वकर्मा,
FoC Nepal का अध्यक्ष श्री दीपेन्द्र विश्वकर्मा,
सचिव श्री वीर बहादुर वि क,विद्यालयका शिक्षकहरू श्री जीवन पाण्डे, श्री युवराज चापागाईं, The Club Hundred का अध्यक्ष श्री दण्डपाणी कोइराला, अभिभावक श्री रूप नारायण ओझा लगायतको गरिमामय उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस