आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

चन्द्र ज्योति माध्यमिक विद्यालयको ६७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न 


  • समाचार कुञ्ज
  • २०८२ पौष २१, सोमबार मा प्रकाशित १ महिना अघि
  • ९ पाठक संख्या
  • पुष , २१ समर रानाभाट
    घिरिङ गाउँपालिका , वडा नं.३ स्थित रहेको श्री चन्द्र ज्योति माध्यमिक विद्यालयको ६७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुबेदार शेर बहादुर थापाको अध्यक्षतामा कार्यक्रमका प्रमुख अतिथि  गण्डकी प्रदेशका सरकार स्वास्थ्य मन्त्री माननीय कृष्ण पाठकले  विद्यालयको प्रगतिप्रति सन्तोष व्यक्त गरे ।उनले विद्यालयको विकासका लागि प्रदेश सरकार तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । शिक्षा असल भए मात्र समाज असल मार्गमा जाने बताउँदै विद्यालय विकास भएको हेर्न चाहेको धारणा राखे । 

    कार्यक्रममा घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापाले  विद्यालयको विकासका लागि शैक्षिक र व्यवस्थापकीय नेतृत्वको विद्यालयको प्रगति यही गतिमा हुँदै जानु पर्ने धारणा व्यक्त गरे । उनले विद्यालयमा विद्यार्थी कसरी पठाउने ,कतिबेला पठाउने , विद्यार्थीले पढेका छकि छैन भनेर अभिभावकले ध्यान पुर्याउनु पर्ने  बताए । 

    विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयमा नियमित पठनपाठनलाई प्रविधियुक्त बनाउँदै विद्यार्थीका प्रतिभा उजागर गर्ने खालका गतिविधिमा जोड दिइएको जानकारी दिए । उनले विद्यालयले विभिन्न असल अभ्यास गर्दै आएको विवरणसमेत प्रस्तुत गरे ।

    कार्यक्रममा चन्द्र ज्योति माध्यमिक विद्यालयका विभिन्न विद्यामा वर्ष सम्मान २०८१ बाट शिक्षकहरू  र शिक्षिका सम्मान गरिएको थियो । त्यसै गरी विद्यालयलाई विभिन्न सहयोग गर्नेलाई  सम्मान गरिएको थियो । कार्यक्रममा पूर्व प्राथमिक देखि कक्षा १२ सम्म पुरस्कार वितरण समेत  गरिएको थियो । विद्यालयमा विभिन्न व्यक्ति तथा संस्थाको नाममा अक्षयकोष स्थापना भएका छन् ।

    कार्यक्रममा नेकपा एमाले प्रदेश पुर्व सचिवालय सदस्य तथा अधिक्ता विष्णुभक्त सिग्देल ,विद्यालयका पुर्व प्रधानाध्यापक तथा घिरिङ गाउँपालिका पुर्व अध्यक्ष  रन बहादुर राना, पुर्व उपाध्यक्ष सरस्वती , सिग्देल ,नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेश महासचिव धुर्वराज सिग्देल ,शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कृष्ण प्रसाद सुवेदी ,नेपाली कम्युस्निट पाटी घिरिङ गाउँपालिका संयोजक ,चुन नारायण श्रेष्ठ ,कष्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवभक्त सिग्देल ,वि.व्य.स.तथा शिक्षक अभिभावक संघका सदस्यहरू ,विद्यार्थी लगायतले  शुभकामना दिएका कार्यक्रममा वडा नम्बर -३ का वडा अध्यक्ष तहल सि थापाले  स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन शिक्षिका महाकाली रानाभाटले गरेकी थिइन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट