
समाचार कुञ्ज कास्की । रानाभाट / भाट समाज नेपाल केन्द्रीय समितिको छैटौँ महाधिवेशन तयारी बैठक कास्कीको पोखरा महानगरपालिका -१७, पार्दि विरौटास्थित रोयल महल बैंक्यूटमा सम्पन्न भएको छ । उक्त बैठकमा केन्द्रिय कार्य समिति, सल्लाहाकारहरु, प्रदेश समिति, पालिका कार्य समिति तथा जिल्ला कार्य समितिका पदाधिकारी / सदस्यहरुको उपस्थिति रहेको थियो ।
उक्त बैठकबाट गरिएका निर्णयहरू ;
१. केन्द्रिय महाधिवेशन माघ १६ र १७ गते गरिने,
२. केन्द्रिय अध्यक्षको नेतृत्वमा ५ सय १ सदस्यीय मुल आयोजक समिति गठन,
३. विभिन्न उप – समिति गठन ;
क. सह – आयोजक / कार्यव्यवस्थापन उप – समितिमा श्री बहादुर रानाभाटको संयोजकमा ११ सदस्यीय
ख. आर्थिक संकलन तथा लेखा व्यवस्थापन उप – समितिमा सूर्य बहादुर रानाभाटको संयोजकमा ७ सदस्यीय
ग. प्रचारप्रसार उप – समितिमा नरेन्द्र रानाभाटको संयोजकमा ११ सदस्यीय
घ . मञ्च व्यवस्थापन तथा खाना / खाजा व्यवस्थापन उप – समितिमा महेन्द्र रानाभाटको संयोजकमा ११ सदस्यीय
ङ. अतिथि स्वागत सत्कार उप – समितिमा प्रतिमा रानाभाटको संयोजकमा ७ सदस्यीय
च. यातायात व्यवस्थापन उप – समितिमा एकेन्द्र वञ्जराको संयोजकमा ५ सदस्यीय
छ. स्वयंसेवक परिचालन तथा व्यवस्थापन उप – समितिमा नारायण रानाभाट
ज. समन्वय सहजिकरण उप – समितिमा बाबुराम रानाभाटको संयोजकमा ५ सदस्यीय
४. प्रतिनिधि विधान अनुसार हुनेगरी पठाउने, भूगोल प्रतिनिधि १ सय जनसंख्या वरावर १ का दरले हुन आउने सङ्ख्या जिल्ला समितिले सिफारिस गरी महाअधिवेशन हुनभन्दा १ हप्ता अगाडि कार्यव्यवस्थापन समिति समक्ष विवरण पठाउनु पर्ने, पालिका कार्य समितिले सिफारिस गरी जिल्ला कार्य समितिको बैठकबाट निर्णय गरी प्रतिनिधि पठाउनु पर्ने ( प्रतिनिधि शुल्क रू.१,०००/-मात्र ),
५. नबिल बैक लिमिटेडमा रहेको खाता पुन:सुचारू गराउने,
६. देशभरका रानाभाट / भाट बन्धुहरूको सक्रिय उपस्थितिका लागि जिल्ला कार्य समितिहरूले आफ्ना जिल्लाबाट बढी भन्दा बढी सहभागिता गराउने जिम्मेवारी लिने र महाधिवेशनलाई भव्य तवरले सम्पन्न गर्न आफ्नो स्थानबाट भूमिका निर्वाहा गर्ने ।

प्रतिक्रिया दिनुहोस