आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

नेपाल डेरी एशोसिएशनको ‘ २७ औं साधारण सभा एवं स्थापना दिवस तथा ९ औं राष्ट्रिय महाधिवेशन ’ सम्पन्न 


  • समाचार कुञ्ज
  • २०८२ माघ ७, बुधबार मा प्रकाशित १ महिना अघि
  • ७ पाठक संख्या
  • काभ्रेपलान्चोक । नेपाल डेरी एशोसिएशनको ‘ २७ औं वार्षिक साधारण सभा एवं स्थापना दिवस तथा ९ औं राष्ट्रिय महाधिवेशन ’ काभ्रेपलान्चोकको पनौती नगरपालिका -९, शंखु ( नौबिसे फाँट ) स्थित रैथाने भिल्लामा सम्पन्न भएको छ । एशोसिएशनको ‘ २७ औं वार्षिक साधारण सभा एवं स्थापना दिवस कार्यक्रम वाग्मती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री मधुसुदन पौडेलको प्रमुख आतिथ्यता तथा अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा सम्पन्न हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी मन्त्री पौडेलले नेपालको अर्थतन्त्रको प्रमुख श्रोत पशुपालन र कृषि भएकाले नेपाल सरकारले निर्धारण गरेका नीतिहरुलाई प्रदेश सरकारले समेत थप ब्यवस्थित र अनुदानमुखी भन्दा उत्पादनमुखी बनाउन प्रयत्न गरिएको बताए । बर्षेनी उत्पादन घट्नु र आयात बढ्नुले चुनौती थपिएको बताउँदै मन्त्री पौडेलले उत्पादन बढाउन कृषक र व्यवसायीहरुसँग सरकार हातेमालो गर्न तयार रहेको बताए । 

    त्यस्तै, कार्यक्रममा अध्यक्ष प्रल्हाद दाहालले नेपालको दुग्ध डेरी व्यवसायको अवस्था, कृषक र व्यवसायीहरुले भोगिरहेका समस्याका बारेमा जानकारी गराएका थिए । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य, पशु सेवा विभाग हरिहरभवनका महानिर्देशक उमेश दाहाल, नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य डिबी बस्नेत, व्यवसायीहरु अमरबहादुर कुँवर, सुमित केडियालगायतका व्यक्तिहरुले नेपालको अवस्था र भोगिरहेका समस्यामा सरकारसँगको अपेक्षाका बारेमा धारणा राखेका थिए । सोही अवसरमा विभिन्न क्षेत्रका व्यक्तिहरुले नेपालको दुग्ध क्षेत्रको प्रोत्साहनका लागि समन्वय र सहयोग आवश्यक रहेको बताएका थिए । वरिष्ठ उपाध्यक्ष दिपप्रसाद धमलाले स्वागत गरेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो, भने सहयोगीहरुलाई प्रशंशा – पत्र प्रदान गरिएको थियो ।

    एशोसिएशनको ‘ ९ औं राष्ट्रिय महाधिवेशन ’ ले नयाँ समिति सर्वसम्वत निर्वाचित गरेको छ । नेपाल डेरी एशोसिएशनको केन्द्रिय समिति निर्विरोध निर्वाचित भएका निर्वाचन समितिका संयोजक प्रल्हाद महतले घोषणा गरे । साथै महतले निर्वाचित समितिलाई सपथ गराएका थिए । नयाँ कार्य समितिको अध्यक्षमा पुनः प्रल्हाद दाहाल, वरिष्ठ उपाध्यक्ष दिपप्रसाद धमला, उपाध्यक्षहरु मनोज कुमार यादव, योगेन्द्र चिमौरिया, कर्ण बहादुर हमाल, मनोजकुमार घिमिरे, दयाराम भण्डारी, रामभक्त दाहाल, महा – सचिव हेमचन्द्र खनाल, सचिव शिवहरी आचार्य, कोषाध्यक्ष शिवलाल भुषाल, उप – महासचिव विजयप्रसाद चौरासिया, सह – सचिव रमेश सञ्जेल र सह – कोषाध्यक्ष आशिषकुमार बुढाथोकी रहेका छन् । यसैगरी, केन्द्रिय सदस्यहरुमा शिव घिमिरे, रविरमण थापा, नवराज तिमल्सिना, विष्णु बोहोरा, अजित बजगाई, टिकाराम खँदाल, कृष्ण भट्टराई खिम, जनक न्यौपाने, रविन्द्र हुमागाई, तुलुकाजवी थिङ तामाङ, रामचन्द्र बराल, राजकुमार वाईवा, नारायणप्रसाद शर्मा, सुमन गौतम, कुलप्रसाद बजगाई, पवन प्रसाद बाँस्तोला, प्रेमबहादुर धामी, गणेश बहादुर विष्ट, निराजन कोईराला, ज्ञानराज लामा, राजकुमार श्रेष्ठ र प्रकाश सामन्त रहेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट