
समाचार कुञ्ज तनहुँ । माघ ८
घिरिङ गाउँपालिकाले गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनिअर अनमी सीतादेवी श्रेष्ठको सम्मान सहित बिदाई गरेको छ । गाउँपालिकामा ३० वर्ष ८ महिना सेवा गरि श्रेष्ठ गत पुस १ गते स्वेच्छिक अवकास भएकी थिइन् । उनी २०५१ चैत २३ गतेदेखी घिरिङ गाउँपालिका–३ स्थित सुन्धारा स्वास्थ्य चौकीमा अनमीको रुपमा कार्यरत थिइन् ।
गाउँपालिकामा ३० वर्ष भन्दा बढि अनवरतरुपमा सेवा गरि अवकास भएकी अनमी श्रेष्ठलाई विहिबार गाउँपालिकाले सम्मान गरेको हो । उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा, उपाध्यक्ष राधादेवी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद रिमाल लगायत जनप्रतिनिधि तथा कर्मचारीहरुले अवकास प्राप्त सि.अनमी श्रेष्ठलाई मायाको चिनो र सम्मापत्र सहित सम्मान र बिदाई गरेका थिए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष थापा, उपाध्यक्ष अधिकारी, स्वास्थ्य शाखा प्रमुख रिमाल लगायतले अवकास प्राप्त सि.अनमी श्रेष्ठले घिरिङको स्वास्थ्य क्षेत्रमा पु¥याउनु भएको योगदानको चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस