आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

बाराको डुमरवानामा ‘ सातौँ साँस्कृतिक माघी महोत्सव ’


  • समाचार कुञ्ज
  • २०८२ माघ १०, शनिबार मा प्रकाशित १ महिना अघि
  • ९ पाठक संख्या
  • बारा । बारा जिल्लाको जीतपुरसिमरा उप – महानगरपालिका -१५, डुमरवानास्थित चारपाते खेल मैदानमा ‘ सातौँ साँस्कृतिक माघी महोत्सव – २०८२ ’ भव्य रूपमा सञ्चालन भइरहेको छ । मधेश प्रदेशका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीले समुद्घाटन गरेको महोत्सवमा स्थानीय बासिन्दाहरुले थारु संस्कृतिलाई झल्काउने भेषभूषा तथा परम्परागत औजारहरू प्रदर्शन गरेका छन् । कृषिसँग सम्बन्धित हलो, कुटो, कोदालो, जातो तथा माछा मार्ने जालीजस्ता सामग्रीहरू प्रदर्शनीमा राखिएको छ । 

    उक्त महोत्सवको प्रमुख आकर्षणका रूपमा थारु समुदायको सांस्कृतिक झाँकी, परम्परागत नृत्य तथा माघी पर्वमा खाने विभिन्न परिकारहरूको प्रदर्शनी गरिएको छ । थारु समुदाय भूमिपुत्र भएको र कृषि पेशामा निर्भर रही जीविकोपार्जन गर्दै आएको उल्लेख गर्दै ‘ थारु संस्कृति जोगाऔँ, आफ्नो पहिचान बचाऔँ ’ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको हो । समुद्घाटन समारोहमा ज्येष्ठ नागरिकहरूलाई सम्मानसमेत गरिएको थियो । साथै, विभिन्न राष्ट्रिय कलाकारहरूको प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो, जसलाई हजारौँ दर्शकहरूले अवलोकन गरेका छन् । 

    उक्त महोत्सवमा  राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने छ, भने थारु संस्कृतिलाई झल्काउने झाँकी प्रदर्शन गरिने आयोजकले जनाएको छ । यस प्रकारका कार्यक्रमहरूले थारु संस्कृतिको संरक्षण गर्नुका साथै प्राकृतिक कृषि प्रणालीलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । प्रदर्शनीमा सहभागी किसानहरूले पनि यस्ता महोत्सवले किसानहरुलाई हौसला प्रदान गर्ने बताएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट