आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

काठमाडौंमा ‘ कृषि इन्जिनियरिङ र जलवायु स्मार्ट कृषि सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ’ हुँदै 


  • समाचार कुञ्ज
  • २०८२ माघ २१, बुधबार मा प्रकाशित ३ हफ्ता अघि
  • १५ पाठक संख्या
  • निराज रानाभाट, काठमाडौं । नेपाल कृषि इन्जिनियर्स सोसाइटी ( NSAE ) र iDE Nepal को संयुक्त आयोजनामा माघ २२ र २३ गते ( Feb 5 & 6, 2026 ) ‘ कृषि इन्जिनियरिङ र जलवायु स्मार्ट कृषि सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन – २०२६ ( International Conference 2026 on Agricultural Engineering and Climate Smart Agriculture ) ’ हुने भएको छ । 

    उक्त सम्मेलनमा समुद्घाटन कार्यक्रम, विभिन्न क्षेत्रका व्यक्तिहरुको प्यानल छलफल, सम्मान कार्यक्रम, समापनलगायत अन्य कार्यक्रम गरिने आयोजकले जनाएको छ । उक्त सम्मेलन राजधानी काठमाडौंको जमल ( कान्ति पथ ) स्थित यल्लो पगोडा होटल हुने छ । सक्रिय सहभागितामा हुने सम्मेलन अझ प्रभावकारी र अर्थपूर्ण बन्ने आयोजकले विश्वास लिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट