आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

३ मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु, दुई घाइते


  • समाचार कुञ्ज
  • २०८२ माघ २७, मंगलबार मा प्रकाशित २ हफ्ता अघि
  • १४ पाठक संख्या
  • माघ २६, कावासोती ।
    तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किदा नवलपुरमा एक जनाको मृत्यु भएको छ । अरु दुई जना घाइते भएका छन् । गएराति ९ बजे कावासोती १४ अग्यौलीस्थित भित्रि सडक खण्डमा ग.प्र.०४–००१ प ८५९२ नम्बरको मोटरसाइकल, प्रदेश ०३–०३ प २५२१ नम्बरको मोटरसाइकल र ग.प्र.०४–००२ प १८४७ नम्बरको बुलेट मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
    कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक बीरबहादुर गुरुङका अनुसार दुर्घटनामा ग.प्र.०४–००१ प ८५९२ नम्बरको मोटरसाइकलका चालक देवचुली नगरपालिका १७ का २८ वर्षीय ओम प्रकाश खोजवारको मृत्यु भएको छ । उनको उपचारको क्रममा मध्यविन्दु प्रादेशीक अस्पताल डण्डामा मृत्यु भएको गुरुङले बताए ।
    दुर्घटनामा प्रदेश ०३–०३ प २५२१ नम्बरको मोटरसाइकलको पछाडी सवार कावासोती नगरपालिका–१७ गोछाडाका ४४ वर्षीया प्रमेश्वरी महतो र उनका छोरा ४ वर्षिय जेसन महतो सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
    प्रहरीले तीनवटै मोटरसाइकल र बुलेट मोटरसाइकलका चालक कावासोती–११ का २५ वर्षीय दिपक महतो भनि चिनिने घनश्याम महतोलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट