आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

गण्डकीका सबै जिल्लामा पुग्यो निर्वाचन सामग्री


  • समाचार कुञ्ज
  • २०८२ फागुन ९, शनिबार मा प्रकाशित १ हफ्ता अघि
  • ५२ पाठक संख्या
  • यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चाहिने मतपत्रबाहेक ५२ प्रकारका निर्वाचन सामग्री गण्डकी प्रदेशका ११ वटै जिल्लामा पुगिसकेको छ ।

    निर्वाचनका लागि आवश्यकपर्ने ५२ प्रकारका सामग्री जिल्लामा पुगिसकेको छ, आइतबारदेखि कास्कीबाहेक अन्य जिल्लामा पनि मतपत्र ढुवानी सुरु हुन्छ”, उहाँले भन्नुभयो, “निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालय निर्वाचनको अन्तिम तयारीमा जुटेको छ ।” निर्वाचनका बेला प्रयोग हुने ५३ प्रकारका सामग्रीमध्ये ४९ वटा सामग्रीलाई मतदानस्थलमा पठाइने र अन्य सामग्री कार्यालयमा प्रयोग हुने सूचना अधिकारी न्यौपानेले बताउनुभयो ।

    सामग्री व्यवस्थापनसँगै निर्वाचनमा परिचालन हुने कर्मचारीको खटनपटनको काम पनि सँगसँगै भइरहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । गण्डकी प्रदेशमा १४ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने भएका छन् । मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्माचारीलाई तालिम दिएर मतदान केन्द्रमा पठाइने सूचना अधिकारी न्यौपानेले बताउनुभयो । यस प्रदेशका एक हजार २९७ मतदानस्थल र दुई हजार ३९६ मतदान केन्द्र रहेका छन् । मतदाताको सङ्ख्या १८ लाख ७० हजार ६५ रहेको छ ।

    गण्डकीमा विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा १६ लाख ६२ हजार २४६ मतदाता थिए । अहिलेको चुनावमा दुई लाख सात हजार ८१९ नयाँ मतदाता थपिएका हुन् । यहाँ १८ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेका छन् । रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट