
समाचार कुञ्ज फागुन १३, अन्जान परियार, घिरिङ।
घिरिङ गाउँपालिकामा आँखा सम्बन्धि निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ। गाउँपालिकाको वडा नं -३ सुन्धारा स्वास्थ्य चौकिमा फागुन १५ गते र वडा नं -१ को कृष्ण माध्यमिक बिधालय पुट्टारमा फागुन १९ गते आँखा सम्बन्धी सबै प्रकारका समस्याहरुको जाँच गरिने बारे गाउँपालिकाले सुचना जारी गरेको छ।
घिरिङ गाउँपालिकाको आयोजनामा भएको सो शिविर संचालन लाई नेपाल नेत्र ज्योति संघ कालिगण्डकी आँखा उपचार केन्द्र, रामपुर पाल्पाको प्राविधिक सहयोग रहेको छ। शिविर बाट आँखा सम्बन्धी समस्याहरुको जाँच गरिने, निःशुल्क रुपमा औषधी बितरण गरिने, मोतिबिन्दु भएका बिरामीहरुलाई निःशुल्क अपरेशनको व्यवस्था गरिने, आँखा कमजोर भएका बिरामीहरुलाई निःशुल्क चश्मा बितरण गरिने जस्ता सेवा रहने छन।
सो कार्यक्रमलाई घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापाले उद्घाटन गरि शिविरको शुभारम्भ गरिने स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले जानकारी दिए।
उक्त परिक्षण बाट मोतिबिन्दु भएका विरामीहरुलाई सुन्धारा स्वास्थ्य चौकी घिरिङमा फागुन २३ गते निशुल्क अपरेशनको व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस