आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

भिमादका क्यान्सर पीडित राम बहादुर सुनारलाई सुन्धारा सुनपानी समाज घिरिङको आर्थिक सहयोग।


  • समाचार कुञ्ज
  • २०८० फागुन २२, मंगलबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • फगुन २० अन्जान परियार, घिरिङ।
    भिमाद नगरपालिका – ५ बुढाकोट निवासी क्यान्सर पिडित राम बहादुर सुनार लाई आर्थिक सहयोग जुटेको छ। उनको थप उपचारको लागि घिरिङ गाउँपालिका -३ सुन्धाराका सुनपानी

    समाजका युवा गोपाल बिक र मिलन बिकको नेत्तृत्वमा टोलका दलित समुदायहरु संग संकलन अभियान चलाएका थिए। शनिबार पिडितको घरमा गई संकलन भएको रकम १७ हजार २ सय ३० रुपैयाँ क्यान्सर पिडित सुनार लाई हस्तान्तरण गरेको हो। 

    क्यान्सर पिडित सुनारको जिब्रोमा क्यान्सर भएर हाल वी. पी. कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार भइरहेको छ। बिरामीको उपचार किमो  थेरापी मार्फत

    भएको र महिनामा २ पटक निरन्तर गरिरहन पर्ने हुँदा उपचारको लागि पटक- पटक हस्पिटल धाउँदा आफू संग भएको सबै सम्पती सकिएको कारण अहिले साहारा खोज्न बाध्य भएको पिडितकी श्रीमतिले बताइन। आर्थिक अबस्था कमजोर भए पछि वडा कार्यालय बाट प्रमाणित पत्र देखाएर सहयोग जुटाउन पिडितकी श्रीमती लागेकी छन।

    क्यान्सर पिडित सुनारको श्रीमति घिरिङ – २ माहुर्कोट माइतीघर भएकी तारा सुनारले आर्थिक अबस्था कमजोर भइ उपचार गर्न नपाएको पीडा राखेपछी घिरिङका सुनपानी समाजले सहयोग गरेको समाजका अगुवा गोपाल बिकले जानकारी दिए। पहिलो चरण आफ्नै टोल बाट सहयोग सुरु गरि अरु लाई पनि थप सहयोगको लागि आफ्नो तर्फ बाट सहयोग अपिल गरिएको बिकले बताए।

    कृपया सम्पूर्ण सहयोगी मनहरुमा आर्थिक सहयोगको लागि हार्दिक अपिल गर्दछौँ। सहयोगको लागि राम बहादुर सुनार 
    खाता न.: २१३०५३९०२५४०१४ 
    बैंक: नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (NIMB)
    फोन: ९७०३५२६६४२ (तारा सुनार)

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट