आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

स्वास्थ्य बीमाबारे भ्रामक विज्ञापन गर्नेलाई कारबाही गर्छौ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय


  • समाचार कुञ्ज
  • २०८१ बैशाख ८, शनिबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • काठमाडौं : सामाजिक सञ्जालमा स्वास्थ्य बीमाबारे भ्रामक विज्ञापन गर्नेलाई कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।नेपाल सरकारको लोगो प्रयोग गरी निःशुल्क स्वास्थ्य बीमा भनी भ्रामक विज्ञापन तथा सूचनाहरू प्रसारण गरेको पाइएकोले त्यस्तो कार्य गर्नेलाई कारबाही गर्ने मन्त्रालयले चेतावनी दिएको हो ।

    केही दिनदेखि फेसबुकलगायत सामाजिक सञ्जालमा नेपाल सरकारको लोगो प्रयोग गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा विभिन्न उमेर समूहको लागि निःशुल्क स्वास्थ्य बीमा भनी भ्रामक विज्ञापन तथा सूचनाहरू प्रसारण गरेको र त्यस्ता सूचना, विज्ञापनमा कुनै सत्यता नभएकाले विज्ञापनमा क्लिक नगर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।

    यस्ता गलत तथा भ्रामक सूचना र विज्ञापन प्रसारण गर्नेहरूलाई कानुनअनुसार कारबाही प्रक्रिया समेत अघि बढाइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट