
समाचार कुञ्ज बुलिङ्टार १६ बैशाख । बुलिङटार गाउँपालिका शिक्षा ,युवा तथा खेलकुद नवलपरासी (ब.सु.पू) शाखाद्वारा गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि अध्यक्ष छात्रवृत्ति कार्यक्रम अन्तर्गत शैक्षिक सामग्री वितरण गरिएको हो ।
बुलिङ्टार गाउँपालिका अध्यक्ष ई.दीपेन्द्र सुनारी मगरको प्रमुख अतिथिको रुपमा सम्पुर्ण १ देखि ६ वडाको जेहेन्दार ६० जना विद्यार्थीलाई झोला,कापी,साबुन,सिसाकलम आदि शैक्षिक सामग्री विद्यार्थीलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा सम्पुर्ण स्कुलका प्रधानाध्यापक,गाउँपालिका सम्पुर्ण कर्मचारीहरु उपस्तिथि भएको थियो । वडा न्न.३ को वडाअध्यक्ष बिष्णु वीर जर्घ मगरले सम्पुर्ण बिद्यार्थीहरुलाई शुभकामना व्यक्त गर्नुभएको थियो र प्रमुख अतिथि ज्युले बिद्यार्थी र प्रधानाध्यापक सम्पुर्णको साथ र सहयोगको अपेक्षा राख्दै अझै शिक्षालाई राम्रो बनाउनको लागि सधै तयार हुने प्रतिबद्धता जनाउनु भएको छ ।बुलिङटार प्रेस

प्रतिक्रिया दिनुहोस