
समाचार कुञ्ज बौदीकाली गाउँपालिका ले गाउँपालिकाको शैक्षिक उन्नतिका लागि `शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालय सुधार(सिकाइ) परियोजना ´(School Improvement for Quality Assurance and Enhancement in Education (SIQAEE) को सम्झौता गरेको छ । 
परियोजना सुभारम्भका लागि सम्पुर्ण सरोकारवालाहरूका लागि परियोजना अभिमुखिकरण कार्यक्रम सञ्चालन गरि यो कार्यक्रमको बौदीकाली गाउँपालिका र राइट फर चिल्ड्रेन बिच सम्झौता गरिएको हो । बौदीकाली गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत उज्वल बहादुर बस्नेत र राइट फर चिल्ड्रेनको तर्फबाट अनिल पौडेलले सहमति पत्रमा हस्ताक्षर गर्नुभयो । 
राइट फर चिल्ड्रेन मार्फत बौदीकाली गाउँपालिकाको ८ वटा विद्यालयमा सो योजना सञ्चालन गर्ने छ । पहिलो वर्षमा यो परियोजना मार्फत श्री डेढगाउ माध्यमिक विद्यालय डेढगाउ र धर्मात्मा माध्यमिक विद्यालय मचेडिमा परियोजना सञ्चालन हुने छ । संस्थाले क्रमिक रूपमा अर्को वर्ष अन्य ६ वटा विद्यालयमा परियोजना सञ्चालन हुने छ ।
बौदीकाली गाउँपालिका पढौँ र पढाऔँ अभियानमा रहेको हुनाले यो परियोजना मार्फत नसमेटिएका विद्यालयलाई बौदीकाली गाउँपालिकाले आफ्नो कार्यक्रममा राखेर समेट्ने छ ।

प्रतिक्रिया दिनुहोस