आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

भिमाद नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा


  • समाचार कुञ्ज
  • २०८१ जेष्ठ २६, शनिबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • जेष्ठ ,भिमाद 
    तनहुँको भिमाद नगरपालिकालाई आज पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । भिमाद नगरपालिका भित्रका खोप उमेर समुहका सबै बालबालिका खोपको पहुँचमा आएको एकिन भएपछि भिमाद नगरपालिकालाई शुक्रबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो । 

    स्थानीय स्रोतको उपयोग , स्वामित्व र सहभागिता , पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ पूर्ण खोप घोषणा गरिएको हो । 

    भिमाद नगरपालिका भित्रका जन्मेदेखि १५ महिनासम्मका ३९९ जना , र १५ महिना देखि ५९ महिना सम्मका १३९९ बालबालिकाहरूलाई खोपको पहुँचमा ल्याइएको खोप समन्वयन समिति भिमादले जनाएको छ । 

    स्वास्थ्य कार्यालय तनहुँका जनस्वाथ्य निरिक्षक मोहदत्त ढकालले भिमाद नगरपालिकाका खोप समन्वयन समितिका संयोजक एबम् भिमाद नगरपालिकाका नगरप्रमुख दधिराज सुवेदीलाई पूर्ण खोप प्रमाणपत्र प्रदान गर्दै स्वास्थ्य कार्यालय तनहुँ बालबालिकाहरुको स्वास्थ्य प्रति संवेदनशील रहेको बताएका थिए । 

    यस्तै भिमाद नपाका नगरप्रमुख सुवेदीले हरेक वर्ष खोप सुनिश्चितता गर्ने कार्यक्रम अनुसार सबै सूचक पूरा गरेर पूर्णखोप सुनिश्चितता घोषणा गरिएको बताएका थिए । उनले खोप अभियानलाई प्रभावकारी गराउनको लागि लागि पर्ने स्वास्थ्यकर्मी , नगर खोप समन्वयन समितिका टिम , स्वाथ्य स्वयंसेविका लगायतलाई धन्यवाद ज्ञापन गरेका थिए । भने उक्त अवसरमा भिमाद नगरपालिकाका ९ वटै वडालाई पूर्ण खोपको प्रमाणपत्र प्रदान गरिएको थियो । 

    कार्यक्रमलाई भिमाद नगरपालिकाकी उपप्रमुख शारदा खनाल, वडा नं ३ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता पदमराज सेन , वडा नं ६ का वडा अध्यक्ष श्याम सुन्दर जोशी लगायतले खोपको महत्त्वको विषयमा चर्चा गरेका थिए ।  भने नगरपालीकाकी स्वास्थ्य शाखा प्रमुख अनुराधा भट्टले घोषणा कार्यक्रम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट