
समाचार कुञ्ज सम्राट पाण्डे।नवलपरासी ( बर्दघाट सुस्ता पूर्व ) नवलपुर जिल्ला ,बौदीकाली गाउँपालिका वडा नं २ डेढगाउँ (कोटथर) स्थित श्री जनता आधारभुत विद्यालयले बालबालिका साथी नेपाल ( Friend of Children)को सहयोगमा पुन:गृहकार्य केन्द्र सञ्चालन गरेको छ ।बौदीकाली गाउँपालिका २ डेढगाउमा रहेको जनता आधारभुत विद्यालयमा सञ्चालित होमवर्क सेन्टर एक कार्यक्रमका बिच विद्यालयलाई हस्तान्तरण भएको छ ।
FoC Nepal संस्था वालवालिकाको शिक्षा र स्वास्थ्य जस्ता विषयहरूलाई प्रमुख केन्द्रमा राखेर बालबालिकाहरुको हितमा सरोकारवाला पक्ष सँग काम गर्ने गरी स्थापित संस्था हो। हाल यो संस्थाले नवलपरासी (पूर्व) को बौदीकाली गाउँपालिका र तनहुँ जिल्लाको घिरिङ गाउँपालिकामा आफ्नो कार्यक्षेत्र बनाई दुवै गाउँपालिका सँगको सहकार्यमा शिक्षा क्षेत्रमा काम गरिरहेको छ।
बालबालिकाको साथि नेपालको सहयोगमा सञ्चालित होमवर्क सेन्टर उक्त संस्थाले विद्यालयलाई ५ लाख रकम एकमुष्ट प्रदान गर्दै अबको दिनमा विद्यालयले सञ्चालन गर्ने गरि सेन्टर हस्तान्तरण गरेको हो । कार्यक्रममा बोल्दै बौदीकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले अबका दिनमा विद्यालयको जिम्मेवारीमा होमवर्क सेन्टर आएको हुनाले राम्रोसँग चलाउनका लागि विद्यालय प्रशासनलाई अनुरोध गर्नुभयो । गाउँपालिका पढौँ र पढाऔ अभियानमा रहेकोले हस्तान्तरण पछि आफ्नो जिम्मेवारी सकियो भन्ने धारणा नराखिदिनुहुन संस्थालाई आग्रह गर्दै आगामी कार्यक्रममा गाउँपालिकाको र संस्थाको सहकार्य हुने कुरामा विश्वस्त रहेको बताउनुभयो । 
बौदीकाली गाउँपालिकामा संस्थाको सहयोगमा जम्मा १२ गृहकार्य केन्द्र सञ्चालित भएकोमा गत वर्ष वाल कल्याण आधारभूत विद्यालयमा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो। यस वर्ष जनता आधारभूत विद्यालयमा सञ्चालित गृहकार्य केन्द्र हस्तान्तरण गरिएको हो। संस्थाको वार्षिक कार्यक्रम अनुसार गृहकार्य केन्द्र समुदायमा हस्तान्तरण नीति लिइएको अनुसार हस्तान्तरण कार्यक्रम अगाडि बढाइएको हो।
संस्थाले रु ५,००,०००।- बीउ रकम हस्तान्तरण गरी गृहकार्य केन्द्र विद्यालयलाई हस्तान्तरण गरेको हो।गृहकार्य केन्द्रमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई गृहकार्य गर्नमा सहयोग गर्ने र अन्य अतिरिक्त क्रियाकलाप समेत जोडिने गरिन्छ। लामो विदाहरुमा विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन हुने गरी विविध कार्यक्रमहरु सञ्चालन गर्ने गरिन्छ।

प्रतिक्रिया दिनुहोस