आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

ऋषिङकाे वक्तृत्वकला प्रतियोगितामा दिपक मावि र हाजिरीजवाफमा शुक्ला मावि प्रथम


  • समाचार कुञ्ज
  • २०८१ आश्विन २, बुधबार मा प्रकाशित १ साल अघि
  • ५ पाठक संख्या
  • ऋषिङ गाउँपालिकाको आयोजनामा राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित माध्यमिक तह (९-१०) स्तरीय वक्तृत्वकला प्रतियोगितामा दिपक मा वि ऋषिङ -१ का छात्रा मुना माया सारु मगर प्रथम भएकी छन् । यस्तै प्रतियोगितामा शान्ति मा वि ऋषिङ -३ का छात्रा लक्ष्मी परियार द्वितीय र बाल विकास मा वि का छात्र ऋषि वि क तृतीय भएका छन् । प्रथम , द्धितीय र तृतीय हुनेले क्रमश ५ हजार , ३ हजार र
    २ हजार नगद तथा प्रमाणपत्र पाएका छन् ।

    त्यस्तै हाजिर जवाफ प्रतियोगितामा प्रथम शुक्ला माध्यमिक विद्यालय ऋषिङ -१ द्वितीय सिद्ध आधारभूत विद्यालय ऋषिङ -५ र तृतीय शान्ति माध्यमिक विद्यालय ऋषिङ -३ भएका छन् ।
    उक्त प्रतियोगितामा प्रथम लाई १२ कापी १ सामान्य ज्ञान र १ कलमका दरले ३ जनालाई , द्वितीय ६ कापी १ सामान्य ज्ञान र १ कलमका दरले ३ जनालाई र तृतीय ३ कापी १ सामान्य ज्ञान र १ कलमका दरले ३ जनालाई उपलव्ध गराइएको छ । प्रतियोगितामा पुरस्कृतहरूलाइ ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट