
समाचार कुञ्ज
प्रिय धन , कार्तिक २०८१ l
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा आजदेखि नि:शुल्क स्वास्थ्य शिविर संचालन भएको छ l निम अर्गनाइजेशन काठमाडौं र हुप्सेकोट गाउँपालिकाको संयुक्त आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर संचालन गरिएको हुप्सेकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभयो l
गाउँबासीको स्वास्थ्यलाई ध्यानमा राखी १५ जना विदेशी विशेषज्ञ डाक्टर सहितको टोलीले परीक्षण गर्ने गरी शनिबार एक कार्यक्रमका बीच औपचारिक कार्यक्रम गरी नि:शुल्क शिविर संचालन गरिएको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी देवी पाण्डेले जानकारी दिनुभयो l
शिविरमा दांत , नाक , कान , घांटी , हाड जोर्नी , स्त्री रोग लगायतका समस्याको उपचार हुने र निशुल्क औषधि समेत वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख सापकोटाले बताउनुभयो l साथै निशुल्क रगत , दिसा पिसाव पनि परीक्षण हुने उहाँले बताउनुभयो l शिविरमा आज शनिबार करिब २४५ जना विरामीले लाभ लिएको पनि स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभएको छ l
शिविर सोमबारसम्म रहने हुनाले समस्या भएका विरामीहरुले लाभ लिन पनि सापकोटाले अनुरोध गर्नुभएको छ l

प्रतिक्रिया दिनुहोस