आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु


  • समाचार कुञ्ज
  • २०८१ मंसिर १, शनिबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • नवलपुर। नवलपुरको बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बुलिङटार गाउँपालिका–२ भाङबारीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका तनहुँको देवघाट गाउँपालिका–२ नरमका २१ वर्षीय विकाश थापाको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    कालीगण्डकी कोरिडोरअन्तर्गत बुलिङटारबाट गैँडाकोटतर्फ जाँदै गरेको ना २७ प २४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा थापा गम्भीर घाइते भएका थिए । मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी ( बर्दघाट सुस्ता पुर्व) का प्रहरी नायब उपरीक्षक जेशी शाहले बताए । (रासस)

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट