आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

देवचुलीमा लैङ्गिक समानता तथा समावेशीकरण र नेतृत्व विकास सम्बन्धि तालिम सम्पन्न


  • समाचार कुञ्ज
  • २०८१ मंसिर ३, सोमबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • देवचुली । देवचुली नगरपालिका वडा नम्बर ६ मा खानेपानी, सरसफाइ तथा स्वच्छ्ता प्रवर्द्धनका लागि लैङ्गिक समानता तथा समावेशीकरण र नेतृत्व विकास तालिम सम्पन्न गरिएको हो । देवचुली नगरपालिका र वास नमुना गाउँ परियोजनाको आयोजनामा शनिबार र आइतबार दुईदिनसम्म किर्तिपुरमा तालिम संचालन गरिएको हो ।

    देवचुली ६ का जनप्रतिनिधि, खानेपानी समिति , वन उपभोक्ता समिति, आमा समूह, विद्यालय व्यवस्थापन समिति, महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई लैङ्गिक समानता तथा समावेशीकरण र नेतृत्व विकास सम्बन्धि तालिम गरिएको वास नमुना गाउँ परियोजनाका व्यवस्थापक प्रवीण घिमिरेले जानकारी दिनुभयो । संविधानमा लैङ्गिक समानता सम्बन्धि रहेका एन कानुनहरु सँगै संस्थालाई नेतृत्व गर्दा ध्यान दिनुपर्ने कुरामा सहजीकरण गरिएको उहाँले बताउनुभयो ।

    तालिममा वासविज्ञ सुशील सुवेदी र सरसफाइ सहजकर्ता यानमाया गुरुङले खानेपानी, सरसफाइ तथा स्वच्छ्ता प्रवर्द्धनमा लैङ्गिक समानता कसरी बनाउन सकिन्छ, नेपालमा रहेका कानुनहरु लगायतका विषय सहजीकरण गर्नुभएको थियो । तालिममा नेतृत्व विकास कसरी गर्ने, नेतृत्व गुणहरु र सफल नेतृत्व कसरी गर्ने भन्ने विषयमा उहाँहरूले सहजीकरण गर्नुभएको थियो ।

    त्यसै गरि प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसालले सुरक्षित पानी र खानेपानी सुरक्षा योजनाको महत्वको बारेमा सहजीकरण गर्नुभएको थियो ।

    वास नमुना गाउँ परियोजनाले देवचुली ५ र ६ मा विगत दस वर्षदेखि खानेपानी र सरसफाईको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट