आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

घिरिङ गाउँपालिकाले ५ सय ८० जना किशोरीहरुलाई एचपिभी खोप लगाउने


  • समाचार कुञ्ज
  • २०८१ माघ २१, सोमबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • माघ २१,अन्जान परियार तनहुँ।
    घिरिङ गाउँपालिकाले महिलाहरुमा हुने पाठेघरको मुखको       क्यान्सर विरुद्धको एचपिभि खोप लगाउने भएको छ। नेपाल सरकारको नीति अनुसार कक्षा ६ देखि १० सम्ममा अध्ययन गर्ने र बिधालय नजाने १० देखि १४ बर्ष सम्म उमेरका किशोरीहरुलाई एचपिभि (ह्युमन प्यापुलीना भाइरस) खोप  लगाउने भएको हो।  यहि माघ २७ गते देखि २९ गते सम्म गाउँपालिकाले तोकेको १२ वटा खोप केन्द्र मध्य पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउन सकिने बताइएको छ।

    घिरिङ गाउँपालिकाको पालिका स्तरीय खोप समन्वय समितिले सोमबार गाउँपालिका सभाहलमा पदाधिकारी, बुद्धिजीवी तथा संचारकर्मी बिच अभिमुखिकरण कार्यक्रम गरि  खोप अनिवार्य लगाउनु पर्ने र खोप सुरक्षित तथा प्रभावकारी हुने कुराको सकारात्मक सुचना प्रवाह गर्न आग्रह गरिएको थियो। यो खोप लगाएपछि सधारणतया यसबाट हुन सक्ने सामान्य असरहरु खोप लगाएको ठाउँमा दुख्नु तथा सुन्निनु, टाउको दुख्नु, वाकवाकी लाग्नु, थकान महसुस हुनु, ज्वरो आउनु, रिंगटा लाग्नु, एलर्जी आदि हुने सक्ने बताइएको थियो।   

    सो कार्यक्रममा प्रस्तुत भएको तथ्यांक अनुसार वडा नं १ मा १ सय ३३ जना, वडा नं २ मा ३० जना, वडा नं ३ मा १ सय १२ जना, वडा नं ४ मा ९८ जना र वडा नं ५ मा २ सय ८ जना गरि जम्मा ५ सय ८० जना किशोरीहरुलाई खोप लगाइने तयारी भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले जानकारी दिए।

    भिमाद स्वास्थ्य इकाईका मेडिकल अधिकृत डा. सुधन अधिकारीले  सहजीकरण गरेको सो कार्यक्रममा घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापा, उपाध्यक्ष राधा देवि अधिकारी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकाल, सम्पुर्ण वडाका अध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुखहरु स्थानिय पत्रकार तथा बुद्धिजीवीहरु सहभागी थिए। सो कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले गरेका थिए भने स्वागत मन्तब्य मन प्रसाद रानाभाटले गरेका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट