आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

देवचुली नगरपालिका वडा नं. १५ मा फागुन ११ गते निःशुल्क एक्स-रे शिविर सञ्चालन हुने


  • समाचार कुञ्ज
  • २०८१ फागुन ८, बिहिबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • बसन्त भुजेल / देवचुली, ८ फागुन
    देवचुली नगरपालिका कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) द्वारा आयोजित निःशुल्क एक्स-रे शिविर  प्रादेसशक क्षयरोग उपचार केन्द्र  गण्डकी प्रदेश पोखराकाे प्राविधिक सहयोग मा यहि फागुन ११ गते देवचुली नगरपालिकाको वडा नं. १५ स्थित वडा कार्यालय भवन परिसरमा आयोजना गरिने भएको छ।

    यो शिविर विशेषगरी छातीका समस्या भएका बिरामीहरूका लागि लक्षित गरिएको छ। शिविरमा खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, दम बढने , ज्वरो आउने , रातिमा पसिना आउने, तौल घट्ने जस्ता लक्षण देखिएका बिरामीहरूले सेवा लिन सक्नेछन्। शिविर बिहान ८ बजेबाट सुरु भएर दिउँसो ५ बजेसम्म संचालन हुनेछ देवचुली नगरपालिकाले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट