आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

बिद्यार्थीका लागी सृजनात्मक लेखन कार्यशालामा चन्द्रज्योती माबिकी छात्रा थममाया थापा प्रथम


  • समाचार कुञ्ज
  • २०८१ फागुन ९, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ५ पाठक संख्या
  • फागुन ०८ ,गण्डकी प्रदेश सरकार सामाजिक बिकास युवा तथा खेलकुद मन्त्रालय समाजिक विकास  कार्यालय दमौलीको आयोजनामा  बालबालिकामा रहेको अन्तर्निहित प्रतिभा पस्फुटन गर्ने हेतुले आयोजित स्थानिय तह स्तरिय घिरिङ गाउँपालिकाका बिद्यार्थीका लागी सृजनात्मक लेखन कार्यशाला प्रतियोगिता सम्पन्न भएको छ । 

    चन्द्रज्योती माबिकी छात्रा थममाया थापा प्रथम भएकी छन, द्वितिय्मा कृष्ण माबिकी छात्रा दृष्टि सुनार, तृतीयमा कृष्ण माबिकी कामना थापा क्षेत्री र चन्द्रज्योती माबिका थमन सिंह नेपाली सान्त्वना पुरस्कार पाएका छन। उनिहरु लाई क्रमश २ हजार, १५ सय, १ हजार र ५ सय रुपैयाँ नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ।

     घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले बिद्यार्थीका लागी सृजनात्मक लेखन कार्यशालामा प्रथम, द्वितिय, तृतीय हुनेलाई प्रमाणपत्र प्रदान गर्नु भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकाल, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कृष्ण प्रसाद सुवेदि, गण्डकी प्रदेश सरकार सामाजिक बिकास युवा तथा खेलकुद मन्त्रालय समाजिक विकास  कार्यालय दमौलीका प्रतिनिधि विभिन्न विद्यालयबाट सहभागि विद्यार्थीहरूको  सहभागिता रहेको थियो । 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट