आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

कावासोती नगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षा तालिका सार्वजनिक


  • समाचार कुञ्ज
  • २०८१ फागुन १८, आईतबार मा प्रकाशित १२ महिना अघि
  • ६ पाठक संख्या
  • तिर्थराज काफ्ले कावासाेती

    कावासोती नगरपालिका, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले आधारभूत तह (कक्षा ८) को वार्षिक परीक्षा २०८१ को तालिका सार्वजनिक गरेको छ। नगर शिक्षा शाखाले मिति २०८१ साल चैत ८ गतेदेखि परीक्षा सुरु हुने जनाएको छ।

    तालिका अनुसार परीक्षा चैत ८ गते शुक्रबार नेपाली विषयबाट सुरु हुनेछ। चैत ९ गते शनिबार विदा रहनेछ। गणितको परीक्षा चैत १० गते आइतबार तोकिएको छ भने अंग्रेजी चैत ११ गते सोमबार हुने छ। चैत १२ गते मंगलबार स्वास्थ्य, शारीरिक तथा सृजनात्मक कलाको परीक्षा हुनेछ। विज्ञान तथा प्रविधि विषयको परीक्षा चैत १३ गते बुधबार, सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षाको परीक्षा चैत १४ गते बिहीबार र मेराे कावासाेती मेराे गाैरब परीक्षा चैत १५ गते शुक्रबार सञ्चालन गरिनेछ। अन्तिम दिन, चैत १६ गते शनिबार, विद्यालयस्तरमा सञ्चालन गरिने विषयको परीक्षा सम्बन्धित विद्यालयले आफ्नै व्यवस्थापनमा सञ्चालन गर्ने छन्।

    परीक्षा बिहान ७:३० बजेदेखि ९:३० बजेसम्म सञ्चालन हुनेछ। केन्द्र निर्धारणको सूचना पछि सार्वजनिक गरिने नगरपालिकाले जनाएको छ। विद्यालयहरूलाई आवश्यक तयारी गर्न नगरपालिकाले निर्देशन दिइसकेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट