
समाचार कुञ्ज २४, जेठ
ऋषिङ्ग गाउँपालिका शिक्षा शाखाको आयोजनामा सामुदायिक विद्यालयमा कार्यरत प्राथमिक तहका शिक्षकहरु (कक्षा १-३)का लागि एकीकृत पाठ्यक्रम सम्बन्धि कस्टमाइज्ड तालिम सम्पन्न भएको छ । ऋषिङ्ग गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल अंगाइको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष गिनुमयाँ थापा रहनु एको थियो । तालिम यहि जेठ १९ गते देखि २३ गतेसम्म संचालन भएको थियो । उक्त तालिम कार्यक्रममा ४१ वटा सामुदायिक विद्यालयका ४१ जना शिक्षक, शिक्षिकाहरूको सहभागिता रहेकाो थियो । 
तालिममा सहजीकरण शिक्षा शाखा अधिकृत सुवाश चन्द्र रानाभाट ,शिव सरस्वती मा वि का माध्यमिक तह गणित विषयका शिक्षक दिलिप वाग्ले, बाल विकास मा वि. माध्यमिक तह नेपाली विषयका शिक्षक मिना कुमारी दुलाल र शुक्ला मा वि. का शिक्षक मन्जु न्याैपाने पण्डित गर्नुभएकाे थियो । यस तालिमबाट विद्यालय शिक्षाको जगको रूपमा रहेकाे प्रारम्भिक कक्षाको सिकाइ सहजीकरण र मूल्याङ्कन पाठ्यक्रमको मर्म अनुसार हुने र अागामी दिनमा पालिकाको शैक्षिक गुणात्मक अभिवृद्दिमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गाउँपालिकाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस