
समाचार कुञ्ज पोखरा । तनहुँ जिल्लाको ऋषिङ गाउपालिका वडा नं. ५ पिपलटारमा पिपलटार युवा क्लबको आयोजनामा शनिबार निशुल्क स्वास्थ शिबिर सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि निवर्तमान संघीय सांसद केदार सिग्देलले कार्यक्रमको उद्घाटन गर्दै ग्रामीण बस्तीहरुमा विशेषज्ञ डाक्टर आएर सेवा दिनु पुण्यको काम भएको बताउँदै युवा जागरुक भैइ समाजसेवामा पनि लाग्नु राम्रो कार्य भएको बताए ।
घिरिङ गाउँ पालिका अध्यक्ष होम बहादुर थापा, ऋषिङ गाउपालिका कार्य पालिका सदस्य बिजय दरैजय दुर्गा माध्यामिक विद्यालयका प्रधानाध्यापक कुल बहादुर दरै लगाएतले क्लबले अत्यन्तै अनुकरणीय कार्य गरेको बताए ।
क्लबका अध्यक्ष अनिल पाटा मगरले सहयोगी संघ संस्था तथा ब्यक्तिहरुलाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि हातेमालो गर्दै सामाजिक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कालीगण्डकी नदि किनार रहेको पिपलटारमा आयोजना गरिएको शिबिरमा ऋषिङका दरै गाउँ, पिपलटार, रुपटार र घिरिङका उम्से, करुवा टार, जित पुर लगाएतका स्थान बाट १५० भन्दा बढी सेवा ग्राहीले लाभ लिएका थिए ।
दाँत, मेडिकल, जनरल हाड जोर्नी, नसा सम्बन्धि रोग परिक्षण गर्नुका साथै निशुल्क औषधि बितरण गरिएको थियो ।
कार्यक्रममा कन्सेप्ट मेडिको फर्मा प्रालिका मनोज सुवेदी लगाएत मेडिकल डाक्टरहरु, महिला स्वास्थ स्वयंसेवीकाहरु शुशिला गिरी, सोम कुमारी थापा, बिमला आले र दरबारथोक मिडिया प्रालिका अध्यक्ष कृष्ण रानाभाटलाई सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।
क्लबका अध्यक्ष अनिल पाटा मगरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन यम बहादुर पाटामगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस