आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

घिरिङमा : गतवर्षको भन्दा एसइई नतिजामा सुधार :३.७१ GPA सरस्वती मा.वि का सुमित


  • समाचार कुञ्ज
  • २०८२ अषाढ १४, शनिबार मा प्रकाशित ८ महिना अघि
  • ६ पाठक संख्या
  • असार १४
    राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा अनुसार घिरिङ गाउँपालिकाबाट माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सहभागी भएका १ सय ७७ जना विद्यार्थीहरू मध्ये ६९ जना अर्थात ३८.८९ प्रतिशत माध्यमिक शिक्षा परीक्षा (एसइई) उतिर्ण भएका हुन ।


    घिरिङ गाउँपालिका भित्र माध्यमिक विद्यालय ७ वटा रहेका छन् । गत वर्ष ३ वटा विद्यालयले  एसईईमा शुन्य नतिजा निकालेका थिए भने अहिले घिरिङका सबै विद्यालयको  नतिजामा सुधार आएको छ । जस्मा चन्द्र ज्योति मा.वि (उतिर्ण २० जना सहभागी ३० जना , कामुधेनु मा.वि उतिर्ण १८जना सहभागी  ३३ जना , कृष्ण मा.वि उतिर्ण १३ जना  सहभागी ३४ जना , दिपक मा.वि उतिर्ण ७ जना सहभागी २३जना, सरस्वती मा.वि उतिर्ण ७ जना सहभागी २६ जना , महेन्द्र ज्योति मा.वि उतिर्ण ३ सहभागी  २२जना , राष्ट्रिय मा.वि उतिर्ण १ जना सहभागी ९ जना रहेका छन् । 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट