आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

उत्कृष्ट नतिजा निकाल्ने विद्यालयका शिक्षकहरूलाई घिरिङमा नगद सहित सम्मान 


  • समाचार कुञ्ज
  • २०८२ अषाढ २०, शुक्रबार मा प्रकाशित ८ महिना अघि
  • ७ पाठक संख्या
  • असार २० ,समर रानाभाट
    घिरिङ गाउँपालिकाले एसइई परिक्षामा उत्कृष्ट नतिजना निकाल्ने शिक्षकहरूलाई पुरस्कार सहित सम्मान गरेको छ । 

    गाउँपालिकाले बिहिबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष होम बहादुर थापा , उपाध्यक्ष राधादेवि अधिकारी , प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकाल, शिक्षा शाखाका अधिकृत कृष्ण प्रसाद सुवेदी,प्रविधिक साहेयक पुष्पा थापा, वडा अध्यक्षहरू लगायतले शिक्षकहरूलाई सम्मान गरेका थियो । 

    उक्त अवसरमा घिरिङ गाउँपालिकाका सामुदायिक विद्यालय मध्ये सबै भन्दा राम्रो नतिजा ल्याउने चन्द्रज्योती माध्यमिक विद्यालयका प्रअलाई नगद १५ हजार तथा दोस्रो स्थान रहेको कामधेनु माध्यमिक विद्यालयका प्रअलाई १२ हजार रूपैयाँ सहित समान गरिएको थियो ।विद्यार्थी तर्फ भने सबैभन्दा धेरै राम्रो नतिजा निकाल्ने सरास्वती माविका छात्र समित रानालाई  नगद १० हजार प्रदान गरिएको थियो । 

    त्यस्तै उक्त कार्यक्रमा ५० प्रतिशत  भन्दा बढी विद्यार्थी ग्रेडेड गराउन सफल २ वटा विद्यालय, ४ जना पालिकास्तरमा उत्कृष्ट नतिजा ल्याउने छात्र छात्रा, अध्यापन गरेको विषयमा सतप्रतिशत ग्रेडेड नतिजा ल्याउन सहजिकरण गर्ने १२ जना शिक्षक तथा ए प्ल्स ग्रेडेड ल्याउन सहजिकरण गर्ने ८ जना  शिक्षकहरुलाई सम्मान पत्र तथा नगदले सम्मान गरिएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट