आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

खोप केन्द्र स्थान सारियो: घिरिङ गाउँपालिकाबाट नयाँ सूचना सार्वजनिक


  • समाचार कुञ्ज
  • २०८२ अषाढ २५, बुधबार मा प्रकाशित ७ महिना अघि
  • ५ पाठक संख्या
  • समर रानाभाट तनहुँ, 
    तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–४ स्थित फुला, कोटसाभुङ , गलकाेट , पुर्काेट , गाबुडाँडा र धाबि्द क्षेत्रमा नियमित खोप सेवा लिँदै आएका स्थानीयवासीहरूका लागि खोप केन्द्रको स्थान परिवर्तन गरिएको छ।

    फुला आधारभूत स्वास्थ्य केन्द्रमार्फत जारी सूचनामा भनिएको छ कि प्रत्यक महिनाकाे ७ गते हुने नियमित खोप कार्यक्रमका लागि पहिले तोकिएका स्थानहरू भौगोलिक तथा भौतिक दृष्टिकोणले उपयुक्त नठहरिएकाले सेवा प्रभावकारी बनाउन केन्द्रहरू नयाँ स्थानमा सारिएका छन्। यसरी स्थानान्तरण गरिएका खोप केन्द्रहरूमा पूर्व निर्धारित मितिमा नै खोप सेवा सुचारु गरिने स्वास्थ्य संस्थाले स्पष्ट पारेको छ।

    स्वास्थ्य केन्द्रका अनुसार खोप सेवा अब गाउँपालिकाको सामुदायिक स्वास्थ्य इकाई भवन गडयाेलिटार खाेप केन्द्र , कोट साभुङ खाेप केन्द्र ( राजपुर आ.बिकाे भवनमा)  र फुला स्वास्थ्य संस्था भवनमा सञ्चालन हुने छ। 

    स्वास्थ्य संस्थाले जनाए अनुसार, सुत्केरी, गर्भवती तथा बालबालिकाका लागि खोप मात्र नभई प्रत्येक महिनाको २२ र २३ गते चेकजाँच तथा नियमित स्वास्थ्य परीक्षण पनि गरिनेछ।

    स्वास्थ्य सेवा सहज, गुणस्तरीय र पहुँचयोग्य बनाउन गरिएको यो पहलले ग्रामीण क्षेत्रमा खोप पहुँचमा थप सहजता ल्याउने अपेक्षा गरिएको फुला स्वास्थ्य शाखा प्रमुख प्रविन श्रेष्ठको हस्ताक्षर सुचनामा उल्लेख गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट