
समाचार कुञ्ज तिर्थराज काफ्ले , नवलपुर ।
गण्डकी प्रदेश सरकारले मध्यबिन्दु प्रादेशिक अस्पताललाई १०० शैयाको अस्पताल बनाउने निर्णय गरेसँगै आज गण्डकी प्रदेशका माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्ण प्रसाद पाठक ज्यूको नेतृत्वमा उच्चस्तरीय टोलीले अस्पतालको अनुगमन गरेको छ।
स्वास्थ्य मन्त्री पाठकसँगै जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्मा, प्रदेश स्वास्थ्य निर्देशनालयका प्रतिनिधि, अस्पतालका पदाधिकारी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको टोलीले अस्पतालको भौतिक अवस्था, सेवा प्रवाह, आवश्यक पूर्वाधार र आगामी योजनाबारे स्थलगत निरीक्षण गरेका हुन्।
अनुगमनका क्रममा मन्त्री पाठकले प्रदेश सरकारले स्वास्थ्य सेवा सर्वसुलभ बनाउने उद्देश्यले मध्यबिन्दु प्रादेशिक अस्पताललाई १०० शैयाको सुविधा सम्पन्न अस्पतालका रूपमा विकास गर्ने योजना अघि सारेको स्पष्ट पार्नुभयो। उहाँले पूर्वाधार निर्माण, विशेषज्ञ जनशक्ति परिचालन तथा आधुनिक उपकरण व्यवस्थापनमा सरकार गम्भीर रहेको बताउनुभयो।
उक्त अनुगमनलाई अस्पतालको गुणस्तर तथा पूर्वाधार विकासका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस