आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

ऋषिङ्ग स्वास्थ्य क्लिनिकले पहिलो पटक डिजिटल एक्सरे सेवा सुरू


  • समाचार कुञ्ज
  • २०८२ अषाढ ३२, बुधबार मा प्रकाशित ७ महिना अघि
  • ७ पाठक संख्या
  • विवेक श्रेष्ठ । तनहुँ असार ३१

    ऋषिङ गाउँपालिका–८ स्थित ऋषिङ्ग स्वास्थ्य क्लिनिकले पहिलो पटक डिजिटल एक्सरे सेवा सुचारु गरेको । उक्त सेवाको गाउँपालिकाकी उपाध्यक्ष गिनुमाया थापाले मंगलबार उद्घाटन गरिन् ।

    दुई दशकदेखी यस क्षेत्रका जनतालाई स्वास्थ्य उपचार सेवा दिइरहेको उक्त स्वास्थ्य क्लिनिकले मंगलबार देखी पहिलो पटक डिजिटल एक्सरे सेवा सन्चालन गरेको हो । गाउँपालिकाभरिमा पहिलो पटक डिजिटल एक्सरे सेवा सुचारु भएको क्लिनिकका इन्चार्ज सुरज कुमार श्रेष्ठले बताए । श्रेष्ठका अनुसार अब उपचारमा थप सहजता हुने बताए ।

    अबकोे दुई हप्तापछि ल्याब सेवा, बिशेषज्ञ सेवा तत्कालै बाट सुरु हुने गरी भिडियो एक्सरे इन्डोस्कोपि समेत गरीने छ । पोखराबाट बिशेषज्ञ डाक्टरहरुबाट सेवा सुचारु हुने समेत डा. संकल्प श्रेष्ठले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट