आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

स्वास्थ्य मन्त्री पौडेल र गाउँपालिका अध्यक्ष पाण्डेद्धारा हुप्सेकोटमा संयुक्त रुपमा प्राथमिक अस्पतालको उद्घाटन/


  • समाचार कुञ्ज
  • २०८२ श्रावण ४, आईतबार मा प्रकाशित ७ महिना अघि
  • ६ पाठक संख्या
  • दिपेन्द्र रेग्मी, साउन ४, कावासोती ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले देशका सबै अस्पतालहरुले भदौ महिना भित्र विमा वापतको पैसा प्राप्त गर्ने बताउनुभएको छ ।
    नवलपुरको हुप्सेकोट गाउँपालिकाले निर्माण गरेको देउराली प्राथमिक अस्पताल भवनको आज उद्घाटन गर्नुहुँदै मन्त्री पौडेलले भदौ महिना भित्रै सबै अस्पताललाई सरकारले दिन बाँकि रहेको विमा वापतको रकम उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको हो ।
    हुप्सेकोट गाउँपालिका वडा नं. ४ झ्यालबासमा ५ करोड भन्दा वढिको लागतमा निर्माण सम्पन्न भएको अत्याधुनिक पाँच शैय्याको देउराली प्राथमिक अस्पताल भवनको नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेल तथा गाउँपालिका महासंघ अध्यक्ष एवं हुप्सेकोट गाउँपालिका अध्यक्ष समेत रहनुभएकी लक्ष्मी देवी पाण्डेले संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो ।
    नेपाल सरकाले आर्थिक वर्ष २०७७,७८ मा सबै पालिकामा प्राथमिक अस्पताल निर्माण गर्ने निर्णय गरे सँगै हुप्सेकोट गाउँपालिकामा पनि पाँच सैय्याको प्राथमिक अस्पताल निर्माण सुरु भएको थियो ।
    नव निर्माण अस्पतालमा ५ वटा शैय्या, प्रसूति कक्ष, आपतकालीन सेवा, बाल स्वास्थ्य सेवा, प्रयोगशाला तथा फार्मेसी कक्षसहितको पूर्वाधार स्थापना गरिएको छ । 
    स्वास्थ्य शाखाका अनुसार अस्पतालले अबदेखि हरेक दिन ओपीडी सेवा, सुत्केरी सेवा, खोप तथा पोषण परामर्श सेवा लगायतका नियमित सेवा प्रदान गर्नेछ । 
    कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै स्थानीय तहसँगको सहकार्यमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्दै जाने स्पष्ट पार्नुभयो ।
    उहाँले ग्रामीण भेगमा स्वास्थ्य सेवा अभावमा जनता दीर्घकालीन समस्यामा पर्ने अवस्था न्यूनीकरण गर्न यस्ता अस्पताल निर्माणले ठुलो योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
    सम्बोधनका क्रममा मन्त्री पौडेलले गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले प्राथमिक अस्पतालकालागि डाक्टरहरुको आवश्यकता रहेको बताउनुभएकोले आँफु काठमाण्डौ पुगे लगत्तै उक्त अस्पतालकालागि आवश्यक डाक्टरहरु पठाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।
    कार्यक्रममा गाउँपालिका अध्यक्ष पाण्डेले हुप्सेकोट लगायत यस आसपासका क्षेत्रका बासिन्दा अब स्वास्थ्य उपचारका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य हुने बताउँदै, गाउँपालिकाको समग्र समृद्धिमा स्वास्थ्य क्षेत्रको मजबुती अनिवार्य भएकोले स्थानीय तहबाट समेत अस्पताल सञ्चालन र पूर्वाधार विस्तारका लागि निरन्तर सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो ।
    कार्यक्रममा प्रदेश सभा सदस्य महेन्द्रध्वज जि.सि., पूर्व प्रदेश सभा सदस्य विष्णु लामिछाने लगायत विभिन्न दलका नेताहरु सहित, नवलपुरका प्रमुख जिल्ला अधिकारी भविष्वर पाण्डे, हुप्सेकोट गाउँपालिका उपाध्यक्ष पूर्ण सिं राना, वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत, स्थानीय समाजसेवी, बुद्धिजीवी, स्वास्थ्यकर्मी, निर्माण कम्पनी प्रतिनिधि लगायतको आथित्यता रहेको थियो । कार्यक्रमको पत्रकार आशिष रेग्मीले सहजिकरण गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट