
समाचार कुञ्ज साउन १३ -भिमाद नगरपालिका–५ भाइरल चौतारामा साउन ४ गते भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका २६ वर्षीय सन्दीप बिककोउपचारका लागि स्थानीय युवाहरूको अग्रसरतामा ८ लाख १० हजार रुपैयाँ सहयोग संकलन गरी पीडित परिवारलाई हस्तान्तरणगरिएको छ । सन्दीप बिक सवार ग ९ प ८४०९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ग १२ प १६७१ नम्बरको अर्कोमोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा जलौदीका १९ वर्षीय सुरेश नेपाली र मदन कुमाल थिए, जसले मादक पदार्थ सेवन गरेको पुष्टि भएको छ । 
स्थानीय टेक बहादुर नेपाली, गोपाल विक, मनोज विक, पुर्ण विक, डेनीस थापा, सागर गैरे, अमृत गैरे, अनिल विक, दुर्गा थापालगायतको समूहले देश तथा विदेशमा रहेका नेपाली हरुसँग सम्पर्क गरी सहयोग संकलन गरेका थिए ।
दुर्घटना पछि सन्दीप बिकलाई पोखरा स्थित गण्डकी मेडिकल कलेजमा टाउकोको शल्यक्रिया गरी ८ दिन सम्म भेन्टिलेटरमा राखेरउपचार गरिएको थियो ।
पछिल्लो समय उनको अवस्था गम्भीर बनेपछि उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगि भेन्टिलेटरमा राखिएको छ ।शल्यक्रियातथा अन्य जटिल उपचारका लागि अत्यधिक खर्च लाग्ने भएकाले आर्थिक सहयोग संकलन गरिएको अभियानकर्ताहरूले बताएका छन् ।पीडित परिवारले विपत्तिको घडीमा साथ दिएकोमा सम्पूर्ण सहयोगी दाताहरू प्रति आभार प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस