
समाचार कुञ्ज घिरिङ ,१४ साउन,समर रानाभाट
तनहुँ जिल्लाको घिरिङ सुन्धारा स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा बुधवारबाट सुरू भएको छ । घिरिङ गाउँपालिका वडा नं. ३ मा रहेको घिरिङ सुन्धारा स्वास्थ्य चौकीलाई गण्डकी प्रदेश प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पोखरबाट प्राप्त भएको ग्रामीण अल्ट्रटासाउण्ड भिडियो एक्सरे मेशिन घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापाले हस्तान्तरण गरी सेवा शुभारम्भ भएको छ । 
गाउँपालिकाले सुरु गरेको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमअन्तर्गत पालिकाभित्रका सम्पूर्ण गर्भवतीका लागि भिडियो एक्सरे सेवा उपलब्ध गराउन सुरु गरिएको हो । गाउँपालिका अध्यक्ष थापाले गर्भवती तथा गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जाँच गर्न जिल्ला अस्पताल तथा अन्य स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता अबबाट हटेएको उहाँले बताउनु भयो ।
ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सुरु भएपछि गाउँका गर्भवतीका गर्भमा रहेको शिशु र आमा दुवैको स्वास्थ्य अवस्था जानकारी लिन सजिलो हुने स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले बताए । प्रदेश सरकारले एक जना तालिम प्राप्त अनमी जानकी श्रेष्ठलाई व्यवस्था गरेपछि यो सेवा सुरु गरेका हौँ’, स्वास्थ्य शाखा प्रमुख रिमाले भने । प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थामार्फत हरेक महिना प्रत्येक वडा वडामा मिति नै तोकेर सेवा प्रवाह गरिने बताए ।
कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष तहल सि थापा ,कार्यपालिका सदस्य पार्वति विक , वडा सदस्य लोक बहादुर गुरूङ, स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस